बीमा कम्पनीलाई आजदेखि पहिलेकै रूपमा सञ्चालन गर्न निर्देशन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पहिलेकै रूपमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। प्राधिकरणले विगत केही दिनदेखि भएको विषम परिस्थिति सामान्य हुँदै गएकाले पहिलेकै रूपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको हो।

सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई खुकुलो पार्दै लगेकाले सबै बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

प्राधिकरणले कार्यालयमा उपस्थित भएर काम गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ। यसअघि प्राधिकरणले भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *