शेरबहादुर देउवाको सशुरालीमा प्रहरीको छापा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सशुराली घर तथा आरजु राणाको भाइ भूषण राणाको जावलाखेलमास्थित घरमा प्रहरीले छापा मारेको छ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले संयुक्त रूपमा छापा मारेको हो। जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको घरमा ठूलो परिमाणमा पैसा फेला परेको थियो। सो रकम प्रदर्शनकारीले जलाएका थिए। उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो। पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिए पनि पुष्टि भएको छैन। प्रहरीले राणाको घरमा छापा मारेर के के फेला पार्यो भन्ने बारेमा केही भनिएको छैन।

आरजु राणाको भाइ भएको नाताले राणा राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *