बंगलादेशलाई हराउँदै श्रीलङ्काको विजय सुरुवात

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलङ्काले बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ। बंगलादेशलाई पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो। युएईस्थित अबुधाबीको जइद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

बंगलादेशले दिएको १४० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १४.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। श्रीलंकाका लागि ब्याटिङमा ओपनर ब्याटर पाथुम निशाङ्काले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे।

कमिल मिसहाराले ४६ रनको अविजित पारी खेले। उनी सँगै कप्तान चारित आसलाङ्का १० रनमा अविजित रहे। बंगलादेशका लागि बलिङतर्फ महेन्दि हसनले दुई सर्वाधिक २ विकेट लिए। मुस्ताफीजु रहमान र तान्जिम हसन सकिबले १-१ विकेट लिए।

त्यस अघि, ब्याटिङ गरेको बंगलादेशका दुवै ओपनर डकआउट हुँदा बंगलादेशको ब्याटिङ धरापमा परेको थियो। बङ्गलादेशका लागि समिम हुसाैनले सर्वाधिक ४२ रनको अविजित पारी खेले। उनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। उनीसँगै जाकिर अलिले ३४ बलमा ४१ रन बनाउँदै अविजित रहे।

कप्तान लिटोन दासले २८ रन बनाउँदै विकेट किपरको हातमा क्याच भएका हुन्। श्रीलङ्काका लागि बलिङतर्फ वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए नुवान थुसारा र दुश्मन्था चमेराले १-१ विकेट लिए।

समूह ‘बी’मा अफगानिस्तान हालसम्म शीर्षस्थानमा रहेको छ। बंगलादेशलाई हराउँदै श्रीलङ्का दोस्रो स्थानमा छ भने बङ्गलादेश २ खेल खेल्दा १ जित र १ हारसहित तेस्रो र हङकङ २ खेलमा २ हार सहित चौथो स्थानमा रहेको छ।समूह ‘ए’मा भने भारत, पाकिस्तान, ओमान र युएई रहेका छन्। समूह ‘ए’को खेलमा आज भारत र पाकिस्तान भेट्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *