हामीले भारत र रूसलाई गुमायौंः ट्रम्प

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र रूस अब चीनतिर गएको दाबी गर्दै अमेरिकाले हार व्यहोरेको बताएका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘यस्तो लाग्छ कि हामीले भारत र रुसलाई चीनसँग गुमाइसकेका छौं। आशा छ उनीहरूको भविष्य राम्रो हुनेछ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। भारतमाथि ५० प्रतिशत कर लगाएपछि दुई देशबिचको सम्बन्ध बिग्रिएको छ। कर मुद्दा अहिले अमेरिकी अदालतमा विचाराधीन छ।

ट्रम्पले अदालतमा कर आवश्यक भएको बताउँदै यसो नभए अमेरिकाले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने तर्क गर्दै आएका छन्। उनले करलाई रुस–युक्रेन युद्ध रोक्न उपयोगी उपायको रूपमा प्रस्तुत गरेका छन्।

यसअघि पुनरावेदन अदालतले ट्रम्पका धेरै करहरू अवैध ठहर गर्दै उनलाई असीमित अधिकार नहुने उल्लेख गरेको थियो। तर अदालतले अक्टोबरसम्म निर्णय कार्यान्वयन रोक्दै सर्वोच्च अदालतमा अपील गर्ने समय दिएको छ।

यसैबिच, साना व्यवसायका वकिल जेफ्री स्वाबले भने ट्रम्पको शुल्कले साना व्यवसायलाई हानि पुर्‍याइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *