प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेटेकि छन् । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उनि मिनभवनस्थित सिभिल अस्पतालमा पुगेकि हुन ।

प्रधानमन्त्री कार्कीले आजै अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
प्रमुख डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराए ।

