मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी पुलमा जडान गरिएको फलामे रेलिङ अज्ञात समूहले चोरी गरेको छ। सडक डिभिजन भरतपुरका अनुसार रेलिङ भदौ १५ गते राति चोरी भएको हो । सोमबार बिहान इन्जिनियरको टोलीले साइट सुपरभिजन गर्ने क्रममा रेलिङ चोरी भएको पत्ता लागेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई अवगत गराइएको डिभिजनले जनाएको छ।
सोमबार एक सूचना जारी गर्दै सडक डिभिजन भरतपुरले सम्भावित दुर्घटना न्यूनीकरणका लागि तत्कालीन रूपमा पुल क्षेत्रमा राति पनि देखिने गरी फलामका पाइप वेल्डिङ गरेर ‘डेन्जर जोन’ क्षेत्र कभर गरिएको जनाएको छ ।साथै, कार्यालयले नाम्सी पुल हुँदै आवतजावत गर्ने सवारी साधन चालकलाई विशेष सतर्कता अपनाउन, लेन अनुशासनमा रहन र सुरक्षित गतिमा सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।
