आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभागले जनाएकाे छ ।

अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ, त्यहाँ एउटा कोड नम्बर आउँछ । त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने विभागले जनाएकाेछ ।

च्यांग्राको  पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ । अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने छ ।अहिले नै मूल्य भने तय नहुने तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक नपर्ने बताइर्एकाे छ ।

एकजाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सक्नेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख हुनु पर्ने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *