गजुरीमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ। सडक खुलाउन प्रहरी परिचालन गरिएको छ। प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना […]

Continue Reading

इन्द्रजात्राको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति […]

Continue Reading

जेनेभामा इरान र युरोपेली शक्तिबिच आणविक वार्ता

इरानले बेलायत, फ्रान्स तथा जर्मनीसँग मङ्गलबार जेनेभामा आणविक वार्ता गर्ने इरानी राज्य सञ्चारमाध्यमहरूले जानकारी दिएको छन् । “मङ्गलबार इरान र सन् २०१५ को आणविक सम्झौतामा संलग्न यी तीन युरोपेली पक्षले, युरोपेली सङ्घ (इयु) सहित, उप-विदेशमन्त्री स्तरमा जेनेभामा नयाँ चरणको वार्ता गर्नेछन्”, सरकारी टेलिभिजनले सोमबार जनाएका छन् । यो वार्ता जुन महिनाको मध्यतिर भएको इजरायलसँगको १२ […]

Continue Reading

दशैः काठमाडाैंमा पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, […]

Continue Reading

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र […]

Continue Reading

क्रिश्चियन धर्मावलम्बीलाई ५० प्रतिशत छुट दिने अस्पताललाई प्रशासनले छानबिन गर्ने

जिल्ला प्रशासन कार्यालय गोरखाले क्रिश्चियन धर्मावलम्बीलाई मात्र ५० प्रतिशत छुट दिने गोरखाको एक अस्पताललाई छानबिन गर्ने भएको छ। धर्मान्तर गर्न प्रोत्साहित गर्न खोजिएको भन्दै प्रशासन कार्यालयले गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने जनाएको हो। एउटा धर्मावलम्बीलाई मात्र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने गोरखा नगरपालिका १० छेपेटारस्थित गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने निर्णय गरेको सहायक प्रमुख […]

Continue Reading

अमेरिकासँग इरान झुक्ने छैन : आयतुल्लाह अली खामेनी

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकासँग इरान नझुक्ने बताएका छन्। उनले वक्तव्य जारी गर्दै अमेरिकासँगको हालको विवाद समाधान नहुने र इरान कहिल्यै अमेरिकाको दबाब अगाडि नझुक्ने बताएका हुन्। गत जुनमा इजरायल र अमेरिकाले इरानका केही आणविक स्थलगत क्षेत्रमा बमबारी गरेका थिए। त्यसपछि इरानले अमेरिकासँगको आफ्नो परमाणु वार्ता निलम्बन गरेको थियो। इरानको परमाणु कार्यक्रमबारे छलफल […]

Continue Reading

सावधानः हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार सिलिन्डर नष्ट गरियो

बजारमा म्याद गुज्रिएका ग्यास सिलिन्डर बिक्री भइरहेको गुनासो आइरहेको अवस्थामा सगर ग्याले तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले हाइड्रोलिक टेष्ट फेल भएका खाना पकाउने ग्यास सिलिन्डर  नष्ट गरेको हो । सगरमाथाले सगर ब्राण्डमा ग्यास रिफिलिङ गरेर बजारमा पठाउने गरेको छ । नेपाल आयल निगम, नेपाल […]

Continue Reading

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार लाइन, भित्र आठ

पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले  आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ […]

Continue Reading

आमसञ्चार विधेयकको विरोधमा कोशीमा आन्दोलन घोषणा

कोशी प्रदेश सरकारले प्रदेश सभामा दर्ता भएर पारित हुने अवस्थामा पुगेको आमसञ्चार  विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखेको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आन्दोलन घोषणा गरेको छ। आइतबार सरोकारवालाहरूसँगको छलफलपछि महासंघ कोशी प्रदेशको कार्यसमिति बैठकले प्रेस स्वतन्त्रता हनन गर्ने खालका कुनै पनि कानुन स्वीकार्य नहुने र विधेयकमा रहेका गलत प्रावधानहरू खाारेज गर्नुपर्ने माग […]

Continue Reading