गजुरीमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ। सडक खुलाउन प्रहरी परिचालन गरिएको छ।

प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *