चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी

चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ । साथै जमेको पानी फाल्न असफल भएका मानिसहरूलाई जरिवाना गर्ने धम्की दिइएको छ र लामखुट्टेको प्रजनन स्थलहरू खोज्न ड्रोनहरू समेत तैनाथ गरिएको छ । बुधबारसम्म यस रोगका सात हजारभन्दा बढी घटना रिपोर्ट गरिएको छ, जुन मुख्य रूपमा हङकङ नजिकैको फोसनको उत्पादन […]

Continue Reading

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन्। अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ। […]

Continue Reading

सप्तरीमा प्रहरी र स्थानीयबीच झडपः प्रहरीको गोली “तिघ्रामा” लागेर एक जनाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ। मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको […]

Continue Reading

पश्चिम नेपालमा जल प्रकोपको खतरा, सतर्कता अपनाउन निर्देशन

कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पश्चिम नेपालमा बाढी तथा डुबानको खतरा बढेकाले सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले गृह मन्त्रालय तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उच्च सतर्कताका साथ क्षतिबाट नागरिकको जिउधनको रक्षाका लागि आवश्यक व्यवस्थापन सहित तैनाथ रहन निर्देशन दिएका हुन  । जल तथा […]

Continue Reading

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दको आदेश

ब्राजिलकाे सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् । यो आदेश चलिरहेको कानुनी कारबाहीको एक भागका रूपमा आएको छ जसमा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ । अदालतको कागजातअनुसार न्यायाधीश अलेक्जान्ड्रे […]

Continue Reading

इम्बोस्ड नम्बर प्लेट अनिवार्य

विगत लामो समयदेखि चर्चामा रहेको सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ आगामी असोज १ गतेदेखि सात वटै प्रदेशमा अनिवार्य हुने भएको छ । सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षता सिंहदरबार बसेको सात वटै प्रदेशका सम्बन्धित मन्त्री र सचिव सहभागी बैठकले सवारीसाधनमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर’ जडान गर्ने र गराउने निर्णय गरेको हो । यसको प्रभावकारी […]

Continue Reading

कुलिङको प्रावधानमा दुरासय : सभापति खतिवडा र सचिव दुरा जिम्मेवार

सङ्घीय निजामती सेवा विधेयकमा विषयगत समितिमा भएको सैद्धान्तिक छलफल अनुसार प्रतिवेदन तयार नगरी गम्भीर त्रुटिको निक्र्योल गरेको संसदीय छानबिनले संलग्न व्यक्ति किटान र कारबाहीबारे निचोडबिनाकै प्रतिवेदन बुझाएको छ । नेपाली कांग्रेसका नेता जीवन परियारको सभापतित्वमा गठित संसदीय छानबिन विशेष समितिले झन्डै एक महिना लगाएर तयार पारेको प्रतिवेदन  प्रतिनिधि सभामा पेस भएको छ । विशेष समितिले विधेयकको प्रतिवेदनमा […]

Continue Reading

पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा

पश्चिम नेपालका तीन प्रदेशमा २४ घण्टामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले दिएको पछिल्लो विवरणअनुसार बाँके, बर्दिया, दाङ लगायतका केही स्थानमा पानीको मात्रा चेतावनी तह पार गरेको छ। सबैभन्दा बढी वर्षा दाङको जलकुण्डमा मापन गरिएको छ । जहाँ २४ घण्टामा २४८.२ मिलिमिटर पानी परेको देखिएको छ । […]

Continue Reading

नियुक्त एउटा कृष्णप्रसाद, जागिरमा अर्को कृष्णप्रसाद

भाषा आयोगका सदस्य कृष्णप्रसाद न्यौपानेले तीन वर्ष देखि भाषा आयोगका सदस्यको रूपमा मासिक, तलब,भत्ता तथा अन्य सुविधा बुझिरहेका छन्, आयोगको कार्यालयमा उनकै नेम प्लेट छ । आयोगको वेबसाइडमा पनि उनकै नाम र फोटो राखिएको छ । आयोगका सदस्यको रूपमा आयोगले सम्पादन गर्ने काम उनले गर्छन् । तर भाषा आयोगको सदस्यको रुपमा मन्त्रिपरिषद्ले निर्णय गरेको कृष्णप्रसाद […]

Continue Reading

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी काेरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना […]

Continue Reading