निर्वाचन आयोगविरुद्ध १० दल एकजुट: ‘स्वमूल्याङ्कन कार्यविधि’ अस्वीकार्य

नेकपा (माओवादी केन्द्र) सहित दश राजनीतिक दलले निर्वाचन आयोगले ल्याउन लागेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ विरुद्ध एकबद्ध भएर विरोध जनाएका छन्। आयोगले आफ्नो क्षेत्राधिकार नाघेर दलहरूको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको र बहुदलीय लोकतन्त्रको मर्ममाथि आघात पुऱ्याएको आरोप लगाउँदै उनीहरूले उक्त मस्यौदा तत्काल फिर्ता नलिए राजनीतिक तथा कानुनी कदम चाल्ने चेतावनी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

Continue Reading

रवि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्। सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् । आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत बुझाएका हुन्  । सुप्रिम सहकारी ठगीका […]

Continue Reading

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ ।आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । “मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मुल नारा सहित आयोजना […]

Continue Reading

कोशी, बागमती र गण्डकीका पहाडमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। […]

Continue Reading

अमेरिकाद्वारा खोप अनुसन्धानलाई दिएको अनुदान स्थगित गर्ने निर्णय

अमेरिकाले स्वास्थ्य तथा मानव सेवा विभागले कोभिड–१९ र फ्लजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसहरूविरुद्ध प्रयोग गरिने खोपको अनुसन्धान कार्यक्रमलाई दिँदै आएको अनुदान रोक्न निर्णय गरेको छ । अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षित र प्रभावकारी अन्य खोपहरूको विकास भइरहेकाले हाल दिँदै आएको अनुदान रोक्ने निर्णय गरिएको बताएका छन् । जुनियरको उक्त निर्णयसँगै […]

Continue Reading

पच्चिस जिल्लामा फैलियाे ‘लम्पी स्किन’, एक अर्ब तिस करोडको बढिकाे क्षति

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ । २६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ । हालसम्म यसबाट किसानले एक अर्ब ३० करोड रुपियाँ बराबरको क्षति ब्याेहोरिसकेका छन् । सबैभन्दा ठुलो असर कोशी प्रदेशमा देखिएको छ । कोशी, […]

Continue Reading

पूर्व सञ्चालकहरु पुर्पक्षका लागि थुनामा

नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतले आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्ब अध्यक्ष पशुपतिदयाल मिश्रा र कर्मचारी बेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले बुधबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे […]

Continue Reading

छ सय किमी उडानमा सानो खैरो गिद्ध

नवलपुरको कावासोतीबाट उडेको सानो खैरो गिद्ध करिब छ सय किलोमिटर दुरी तय गरेर भारतको उत्तरप्रदेश हुँदै कैलालीको लम्कीचुहा पुगेको छ । ट्र्याक रेकर्डका आधारमा गिद्धले करिब छ सय किलोमिटर दुरी तय गर्दै लम्कीचुहा पुगेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएकाे छ । असार २७ गते कावासोतीको जटायु रेस्टुरेन्टबाट रुपन्देहीको गैडहवा ताल पुगेको साे  गिद्ध केही दिन […]

Continue Reading

नेपालमा ५१ वर्षपछि फेरी देखियो अतिदुर्लभ पुतली

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ। यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनोजशान्त घिमिरेले बताए। उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक […]

Continue Reading

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन

प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ। मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन्। राजविराजको मुख्यचोक (दशन चोक) मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो। मदिरा भारततर्फ तस्करी […]

Continue Reading