चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। खापुङलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा नियुक्त गरेको हो ।

हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्। ३० वर्षे सेवा पूरा गरी खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा जानेछन्।

हालका आईजीपी थापासँगै फारम भरेर प्रहरी सेवामा प्रवेश गरेका खापुङ आफ्नो ब्याचका अन्तिम प्रतिस्पर्धी बनेका छन्। तीन चरणमा नियुक्ति दिइएको सोही ब्याचका धेरै सहकर्मीहरू पहिले नै अवकाश भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *