वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.दीपा न्हुच्छे प्रधानले बताइन् ।
उनले सो अस्पतालमा कार्यरत हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा.श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक बृन्दा चापागाई, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले विहिबार शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको जानकारि दिइन ।
प्रहरी सहायक निरीक्षक योगीको बायाँ खुट्टा दुख्ने समस्या भई बुधवार अस्पतालमा परीक्षणका लागि आएकामा परीक्षण गरेर बायाँ खुट्टाको माथिल्लो भागमा गोलीको छर्रा रहेको पुष्टि भएपछि शल्यक्रिया गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २०६२ सालमा द्वन्द्वकालको समयमा प्रहरी सहायक निरीक्षक योगीको बायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो ।
हालै मात्र सो अस्पतालमा निर्माण पूरा गरेर सञ्चालनमा ल्याइएको अत्याधुनिक अप्रेशन थियटर भवनका कारण पश्चिम नेपालका विरामी प्रहरी र उनिहरूका परिवारका सदस्यहरुको जटिलदेखि जटिल शल्यक्रिया पनि गर्न सहज भइरहेको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.न्हुच्छे प्रधानले बताइन ।
सो अप्रेसन थियटर भवनको निर्माण लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख ७५ हजार रुपियाँ लागतमा भएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत असार २६ गते सो अप्रेसन थियटर भवनको उदघाटन गरेका थिए ।
