बिरिङ खोलाको पक्की पुल बाढीले बगायो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आज बिहानैदेखि परेकाे अविरल वर्षाका कारण झापा र इलाम जोड्ने  बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ। दुई वर्ष अघि आएको बाढीले क्षति पुगेको पुल  दिउँसो आएको बाढीले बगाएको हो।

अर्जुनधारा नगरपालिका वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल दुई वर्ष अघि वर्षाका कारण भासिएको अवस्थामा नै भएपनि सञ्चालनमा रहदै आएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुलको एक भाग बगाएको छ।

भत्किएको उक्त पुलबाट सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ। वैकल्पिक सडकबाट अहिले सवारी साधनहरु आवतजावत हुँदै आएका छन्। मंगलबार बेलुकादेखि झापामा निरन्तर भएको वर्षाले जनजीवन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *