अज्ञात रोगले हुम्लाको चरीगाँउमा ५ दर्जन बढी पशुवस्तु मरे, जंगलै दुर्गन्धित

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हुम्लाको दक्षिण भेकमा रहेको चंखेली गाँउपालिका वडा नम्बर ६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशु चौपाया मार्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० वटा पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने , दिशा पिसाप मा रगत देखिने रोगले अहिलेसम्म चरीगाँउको लामालेख १०, जुम्खेला ११, क्षेल्दुम १०, मुन्खेती ६, धुन्देउ ८, राता माटा ९, र लाङ्गोर ५ वटा भन्दो धेरै गाई , गोरु र बाच्छा समेत मरेका चंखेली गाउँपालिका– ६ चरीगाँउका प्रमसिहं सिराले बताए ।

अज्ञात रोग फैलिएकोले अहिलेसम्म चंखेली गाउँपालिकाको चरीगाँउका कृषकका ६० भन्दा बढी पशुवस्तु मरेपछि यहाँका किसानलाइ ठुलो क्षती पुगेको छ । खेतबारी जोत्नको लागि एक हल गोरु जोगाउन पनि धौ धौ भएको किसानहरुको भनाई छ । यो समयमा अधिकांश कृषकका पशुवस्तु अहिले लेखतिरको खर्क लिने समय भएका कारणले पनि लेखमा पशुवस्तु मरेका सिराले बताएका छन् । अज्ञात महमारीका कारण पशुबस्तु मर्न थालेपछि लेखतिरको जंगलसमेत दुगन्धित भएको छ । खर्कहरुबाट गाउँघरमा पशु बिरामी भएको खबर आएलगतै चंखेली गाउँपालिकाको पशुशाखामा औषधिको लागि हप्ता दिन धाउदा पनि स्वास्थ्यकर्मी नभएको र पशु शाखाको ढोका चौबिसै घण्टा बन्दा हुँदा रित्तो हात लिएर फर्किनु परेको सिराले बताए ।

गाउँपालिकामा खबर गर्दा समेत औषधी छैन भन्दै कुनैपनि सुनाइवाइ नभएको सिराले बताए । गाँपालिकामा औषधि नपाउँदा दश हजार रुपैयाँ खर्च गरेर सदरमुकाम सिमकोट पशु शाखाबाट औषधि लिएर गाउँ फर्किएको अर्का कृषक सुर सिराले आफ्नो दुखेसो सुनाए । चालु आर्थिक बर्ष सुरु भएको समयदेखी गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशवस्तु लाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ रहेको छ । यति वेला जिल्लाका विभिन्न खर्कहरुमा अज्ञात रोगका कारण धेरै पशु वस्तुहरु मरेका गाउँका कृषकहरुले जानकारी पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *