खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा एक जना युवतीको करेन्ट लागेर मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।
