पेड्रोको दुई गोलमा चेल्सी फाइनलमा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नयाँ अनुबन्धित खेलाडी जाओ पेड्रोले गरेको दुई गोलको मदतले चेल्सीले बुधबार फ्लुमिनेजलाई २–० ले पराजित गर्दै क्लब वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पेड्रोले चेल्सीका लागि पहिलो पटक सुरुदेखि खेल्न पाएका थिए र उनले त्यसको फाइदा उठाउँदै १८ औं मिनेटमा गोलको खाता खोले ।

मेट लाइफ स्टेडियममा ब्राजिली स्ट्राइकरले खेलले एक घण्टा छुन ठीक अगाडि दोस्रो गोल थपे । अब उपाधिको भिडन्तमा चेल्सीले रियल म्याड्रिड अथवा पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।

ब्राइटनबाट चेल्सी आएका २३ वर्षीय खेलाडी पाल्मेरियासविरुद्धको क्वाटरफाइनलमै मात्र डेब्यु गरेका थिए । हारले प्रतियोगितामा फ्लुमिनेजको उत्कृष्ट यात्रामा पूर्ण विराम लागेको छ ।

उसले सेमिफाइनलसम्मको याक्राका त्रममा बोरुसिया डर्टमुन्ड, इन्टर मिलान र अल–हिलाललाई हराएको थियो । यससँगै प्रतियोगितामा दक्षिण अमेरिकी क्लबको चुनौती पनि सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *