भोटेकोशीको बाढीले मितेरी पुल बगायो, टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको छ । तिब्बतबाट बग्दै आएको खाेलामा आएको बाढीले नेपाल-चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ ।

प्नहरिका अनुसार थप क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ । स्थानीयले भने बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताएका छन् ।

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको प्रहरीले जनाएको छ । बाढीले यार्डमा रहेका केही मालबाहक कन्टेनरसमेत बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएकाे छ । प्राधिकरणका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको खबर भने प्राप्त भएको छैन ।

नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्राधिकरणले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *