असारे विकास : कालोपत्रे गर्दै, प्लास्टिकले छोप्दै

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

असारे विकास दर्साउने यो तस्बिर कञ्चनपुरको भीमदत्त नगरपालिका–  १८ महेन्द्रनगर कटानको हो । पानी पर्न खोज्दै छ, हतार–हतार कालोपत्रे हुँदै छ र प्लास्टिकले छोपिँदै छ । वर्ष दिनभर चासो नलाग्ने ठेकेदार र नियामक निकायलाई असारको अन्त्यतिरै हतारो किन हुन्छ ? किनभने असार मसान्तभित्र बजेट फरफारक गर्नु छ ।

‘असार लागेपछि विकासको नाममा बजेट सक्ने प्रवृत्ति छ,’ स्थानीय रमेश भट्टले असन्तुष्टि पोखे, ‘आर्थिक वर्ष सकिन दुई साता छ, खाता बन्द हुन एक साता मात्रै छ, त्यसैले हतारो भयो होला ।’ यो सडक कालोपत्रेका लागि दोगडा शक्ति निर्माण सेवाले २७ माघ ०८१ मा सहरी विकास भवन निर्माण कार्यालयसँग ६५ लाख ११ हजार ९२३ रुपैयाँमा सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *