पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ बढ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले १७ गते बिहान १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर  ५.०० रुपियाँले वृद्धि गरेको हो ।

निगमले  मट्टितेल र डिजलमा प्रतिलिटर ४.०० रुपियाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५.०० पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९.०० रुपियाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएको सूचीअनुसार  मूल्य वृद्धि गरिएको आयल निगमकाको भनाइ छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१.०० ले वृद्धि भएको निगमले जनाएको छ । श्राेतका अनुसार इजरायल र इरानकाे लडाइका कारण मुल्य अकाशिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *