रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा  आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् ।रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले  पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *