राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो ।
त्यस्तै, जिल्ला स्तरमा पूर्व राजा समर्थक र राष्ट्रवादी युवाहरूको समूह निर्माण गर्ने र विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ ।
- काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राखिनेछ ।
- काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ ।
- आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ ।
- देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गरिनेछ ।
- देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गरिनेछ ।
