चार हजार नाै सय मिटरकाे दामोदरकुण्ड प्रवेश खुला

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पवित्र तीर्थस्थल दामोदर कुण्डमा भक्तजन र पर्यटकलाई अवलोकन तथा दर्शनका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका ४ मा समुन्द्री सतहबाट ४ हजार आठ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा जेठ २० गते देखि खुल्ला गरिएको सुर्खाङ प्रहरी चौकीले जनाएको छ ।

दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गका बारेमा जानकारीसहित खुला गरेको सुर्खाङ प्रहरी चौकीका हबल्दार हरिराम चौधरीले बताए  । चौधरी बताउछन् ‘‘अहिले दैनिक दामोदरकुण्डमा जाने भक्तजनको सङ्ख्या बढ्दै जान थालेको छ, समस्यामा परेकालाई उद्धार सहित विभिन्न सहयोगका लागि नियमित गस्तीमा जान्छौ ।’’

हाल दैनिक २० देखि ३० जनासम्म धार्मिक भक्तजन सडक मार्ग हुँदै घिमीठाँटीसम्म पुगेका भक्तजन र पर्यटक त्यहाँबाट पैदल र घोडाबाट दामोदरकुण्डसम्म पुग्न सकिन्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा निःशुल्क भोजन तथा आवास सुविधा रहेको समितिका अध्यक्ष टासी गुरुङले बताए  । समितिले भक्तजन र पर्यटकलाई लेक लागेको अवस्थामा उद्धार तथा औषधि उपचारमा समेत सघाउने गरेको अध्यक्ष गुरुङको भनाइ छ ।  

धर्मशालामा करिब ५० जनाको क्षमता रहेको छ । पैदल यात्रामा समस्या हुनेलाई दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपियाँसम्म शुल्क लिने गरिन्छ । दामोदरकुण्डमा जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउने गरेपछि अत्यधिक चिसोका कारण धेरै भक्तजन भदौ महिनासम्म आउने गरेको  दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले जनाएको छ । दामोदरकुण्डमा हरेक वर्ष ५ हजारको हाराहारीमा भक्तजन र पर्यटक पुग्ने गर्दछन् । अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीय सहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिने गरिन्छ ।

मुक्ति क्षेत्रको शिर तथा काली गण्डकी नदीको मुहान समेत भनिन्छ दामोदरकुण्डमा काली गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । दामोदरकुण्डमा कुबेरका छोराले दामोदर कुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता छ । दामोदरकुण्डमा ३ वटा जलाशय चक्र कुण्ड, दूध कुण्ड र तामा कुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूध कुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिब १ सय मिटर टाढा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *