चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]

Continue Reading

“नो केबलकार” पक्षको आन्दोलन जारी

पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएकाे छ।  एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको हो। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकारविरुद्धको आन्दोलन जारी […]

Continue Reading

सगरमाथा संवाद २०२५ : पहिलो दिन पर्वत र समुन्द्र, हिमनदी संरक्षण र खाद्य सुरक्षाकेन्द्रित

सरकारद्वारा आयोजित प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ काठमाडाैंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटित राजधनीमा शुक्रबारदेखि सुरु संवाद आइतबार भोलिसम्म सञ्चालन हुनेछ । तीन दिने संवादमा १ सय ७५ विदेशी पाहुना सहभागी छन् । पहिलो संस्करणको संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित रह्याे । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन […]

Continue Reading

लिङ्देनकाे चुनाैती : सरकारले नै भनाेस् ,राजा मान्नेहरू विद्रोहमा जाऊ, जङ्गल पस

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले सरकारले नै संविधान उलंघन गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकारले संविधानका धाराहरू निरन्तर उलंघन गरिरहेको आरोप लगाएका हुन्। ‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ,’ लिङ्देनले भने, ‘दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दु राष्ट्र मान्छु, […]

Continue Reading

फोनको बत्ती बालेर शिक्षा उपसमितिको बैठक

विद्युत् अवरुद्ध भएपछि शिक्षा उपसमितिको बैठक मोबाइलको बत्ती बालेर बसेको छ।बिजुली झ्यापझ्याप गएपछि शुक्रबार (आज) साँझ सिंहदरबारमा बसेको बैठकमा मोबाइलको बत्ती बालिएको हो। सांसद सुमना श्रेष्ठले बत्ती गएपछि मोबाइलको बत्ती बालेर बैठक बसिएको बताइन्। बिहीबारदेखि निरन्तर विद्युत् आउने-जाने हुँदा देशभर नै समस्या भइरहेको छ।

Continue Reading

युक्रेन र रुसबिच वार्ता सम्पन्न, एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिच टर्कीको इस्तानबुलमा भएको वार्ता सकिएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले दुवै देश एक/एक हजार युद्धबन्दी रिहा गर्न सहमति गरेको बताए। उनले भने, ‘हामीले युद्धविराम र युद्धबन्दी आदानप्रदानको विषयमा छलफल गर्‍यौँ। एक/एक हजार युद्धबन्दी रिहाइको सहमति हाम्रो बैठकको नतिजा हो।’ रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर […]

Continue Reading

तनावपूर्ण वातावरणमा युक्रेन र रुसबिच शान्ति वार्ता जारी

युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार शान्ति वार्ता सुरु भएको छ। बैठक फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको पहिलो प्रत्यक्ष वार्ता हो, जहाँ दुवै देशका प्रतिनिधिहरू आमनेसामने बसेका छन्। टर्कीले यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। तर वार्ता सुरु हुनुअघि नै तनावपूर्ण वातावरण देखिएको […]

Continue Reading

”रविन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।

Continue Reading

गाजामा इजरायली आक्रमण : मर्नेको सङ्ख्या एक सय नाघ्यो

प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेका समय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो । इजरायली सेना प्रमुखले भने, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको […]

Continue Reading

भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !

वीरगन्जस्थित श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदामबाट लिलाम सकार गरिएको लाखौं मूल्य बराबरको विदेशी मदिरा ‘गायब’ भएको छ। लिलाम सकारकर्ताले सम्झौता बमोजिमको परिमाणभन्दा करिब १३ सय लिटर मदिरा कम पाएपछि भन्सार कर्मचारीकै मिलोमतोमा चोरी भएको हुन सक्ने आरोप लगाएका छन्। भन्सार कार्यालयले घटनाको पुष्टि गर्दै आन्तरिक छानबिन थालेको जनाएको छ। पिके ट्रेडर्स नामक फर्मले भन्सार कार्यालयबाट […]

Continue Reading