५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादः बहस सकियो, जेठ २८ गते फैसला

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादबारे सर्वोच्च अदालतले जेठ २८ गते निर्णय सुनाउने भएको छ।  संवैधानिक इजलासको बहस सकिएपछि जेठ २८ गते फैसला सुनाउने आदेश भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलास  बसेर उक्त रिटमाथि सुनुवाइ गरेको […]

Continue Reading

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज बिहान १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।

Continue Reading

टेरामक्स प्रकरण : कसैलाइ मुद्दा लाग्ने कसैलाइ नलाग्ने

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)  प्रविधि खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारले टेलिफोन कल डिटेल र एसएमएस निगरानी राख्ने यन्त्र उपकरण जडानको तयारी गरेपछि उक्त तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै […]

Continue Reading

आजदेखि ‘सगरमाथा संवाद’ शुरू १७५ विदेशीले भाग लिदैं

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि काठमाडाैंमा सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका […]

Continue Reading

नेपालगन्जको तापक्रम ४१ दशमलव ४ डिग्री

 देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री मापन भएको छ  । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मिना सीवाकोटीले बिहीबार नेपालगन्जको अधिकतम तामक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन भएको बताइन  । उनका अनुसार […]

Continue Reading

प्रेस काउन्सिलको इतिहासमै दलित सहभागिता शून्य

नेपाल प्रेस काउन्सिलको ५५ वर्षको इतिहासमा एकजना पनि दलितको सहभागिता हुन नसकेको  नेपाल प्रेस काउन्सिलद्वारा आयोजित ‘आम सञ्चारमाध्यममा दलित सरोकार’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका  हुन्। काउन्सिल समितिमा हालसम्म दुई सय २० जना सहभागी भइसक्दा एउटा पनि दलितको उपस्थिति हुन नसकेको मेगेन्द्र विश्वकर्माले बताए। यसका साथै मिडिया सञ्चालन तथा नियमन निकायमा एउटा पनि दलित […]

Continue Reading

अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव : दुई प्रदेशमा हावाहुरी चल्ने

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, […]

Continue Reading

आज अन्तरराष्ट्रिय परिवार दिवस

परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्ष्यित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम  उपचारको […]

Continue Reading

देश दुर्घटनाको छेउमा पुगेको छ कसैले रोक्न सक्दैन : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्  । राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएक हुन । उनले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि […]

Continue Reading

बोरिङकै कारण भासियो जमिन

बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ । खानी तथा […]

Continue Reading