लिङ्देनकाे चुनाैती : सरकारले नै भनाेस् ,राजा मान्नेहरू विद्रोहमा जाऊ, जङ्गल पस

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले सरकारले नै संविधान उलंघन गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकारले संविधानका धाराहरू निरन्तर उलंघन गरिरहेको आरोप लगाएका हुन्।

‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ,’ लिङ्देनले भने, ‘दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ ।’

राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको पनि लिङ्देनले बताए।  आस्थाका आधारमा एक पछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने सरकारले नै राजा र हिन्दु राष्ट्र चाहिन्छ भन्नेहरू विद्रोहमा जाऊ भन्दिनुपर्ने लिङ्देनले बताए।

‘म प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई सभामुखमार्फत औपचारिक रूपमै सरकारले भन्दियोस् राजा मान्छु भन्ने, हिन्दु राष्ट्र  चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस्’, लिङ्देनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *