नेकपा एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।  सुनसरिको इनरुवामा  आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे । “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन […]

Continue Reading

सुँगुरको खोरमा थुनेर कुटपिट गर्ने पाँच जना पक्राउ

सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। प्रहरीले सो घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हाे । राजेन्द्र साह सोनार,  कमलेश, पप्पुकुमार यादव र राहुलकुमार महतोसँगै तस्लिम अन्सारी र राजेन्द्र […]

Continue Reading

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने

राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन  । उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले […]

Continue Reading

कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास

नेपाली कांग्रेस संसदीय दलको बैठकमा चरम असन्तुष्टि देखिएकाे छ ।  संघीय संसद् भवनको ल्होत्से हलमा बसेको  सरकारले ल्याउन लागेको आगामी वर्षको बजेट र पछिल्ला राजनीतिक घटना क्रमबारे छलफलका लागि आह्वान गरेको बैठकमा  भावुक र तनावपूर्ण रूपमा चलेको एक जना सांसदले जानकारी दिए। बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई […]

Continue Reading

हुम्लामा दुईवटा हिमताल फुट्यो, १९ घरधुरीको त्रिपालमा बास

हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा आएको बाढी  गाउँभन्दा सिधा माथि पर्ने थाक्रा भन्ने ठाउँको दुईवटा हिमताल फुटेर गाउँमा बाढी आएको नाम्खा गाउँपालिकाले जनाएकाे छ ।  हिमताल गत जेठ १ गते फुटेको हाे ।  अहिले पनि लेदो बगिरहेको र सुरुमा के हो भन्नेबारे थाहा नभएको तर, आज हेर्न जाँदा गाउँभन्दा ९ घण्टाको पैदल-दूरीमा पर्ने थाक्रामा दुईवटा हिमताल […]

Continue Reading

बुक्रलिन पुलमा पानीजहाज ठोक्किएकाे अनुसन्धान हुदै

अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिन पुलमा मेक्सिकन जलसेनाको पानीजहाज ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरू चालक दलका सदस्य हुन् ।प्रहरीका अनुसार क्याप्टेनले जहाजलाई मोड्ने क्रममा विद्युत् अवरोधका कारण नियन्त्रण गुमाएर ब्रुकलिनपट्टि पुलको पिलरमा ठोक्किएको हो । ‘क्वाउहतेमोक’ नामक जहाजमा २ सय ७७ जना सवार थिए । सामाजिक सञ्जाल […]

Continue Reading

मधेश प्रदेशका पूर्व मन्त्रीविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा, माटो आदी वन पैदाबार गैह्रकानूनी रूपमा उत्खनन गरी […]

Continue Reading

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि […]

Continue Reading

राजतन्त्र ल्याउनु प्रतिगमन हैन प्रतिगमन भनेका कम्युनिस्टहरू हुन्: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आज  विराटनगरमा पत्रकार सम्मेलन गरी थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका हुन् । थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको  बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे । उनले भने ‘राजतन्त्र ल्याउनु प्रतिगमन हैन वास्तविक प्रतिगमन भनेको कम्युनिस्टहरू […]

Continue Reading

राजावादीहरू आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँग अन्तर्क्रिया गर्ने

नबराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पारेको छ। आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं ,ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने जनाएकाेछ। काठमाडौंको साँखुबाट […]

Continue Reading