‘अब ९४ किलोमिटर कालोपत्रे सडकमा यात्रा गर्न पाउनुहुन्छ’

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नारायणघाट–बुटबल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको जनाएको छ । आयोजनाले आज एक विज्ञप्ती जारी गर्दै अव ११३.५३ किलोमिटर सकडमध्ये ९३.९४ किलो मिटर कालोपत्रे सडक भएर यात्रा गर्न सकिने जानकारी दिएको हो ।

कालोपत्र गरिएकोमध्ये ३.०७ किलोमिटर क्षेत्र पुलले ओगटेको छ भने ११०.४६ किलोमिटर सडक रहेको छ । पुल बाहेक ९०.८७ किलोमिटर सडकको भाग रहेको छ । यसरी हेर्दा कुल ११३.३५ किलोमिटरमध्ये हाल ९३.९४ किलोमिटर अर्थात कुल लम्बाईको झण्डै ८३ प्रतिशत भाग पक्की सडक भएर यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।

बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए  । दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र अन्तिम चरणमा पुगेको  आयोजनाले दावी गरेकाेछ । साथै सडक ढलान गर्ने काम पनि समानान्तर रुपमा जारी रहेको बताइएको छ । हालसम्मको भौतिक प्रगति ६६.५० प्रतिशतको हाराहारीमा रहेको विज्ञप्तीमा उल्लेख छ ।

दाउन्नेको झण्डै १४ किलोमिटर कालोपत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निक्कै कष्टकर रहेको यात्रुहरुको भनाइ छ । दाउन्ने बाहेक दुम्कीवास र चोरमारा पुल तथा बजार खण्डमा पनि कालोपत्रे हुन सकेको छैन । तेस्रो समय अन्तिम पटक भन्दै थपिएको म्याद सकिन दुई महिना मात्र बाँकी हुँदा आयोजनाले प्रगती विवरण सार्वजनिक गरेको हो । अन्तिम पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *