बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाहिर रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ । प्रहरी घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि पठाइएको छ।
ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा चारजना र अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमान्डमा सातजनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत २०७९ काे स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।