प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराकाे निधन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाले जनाएकाे छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । जबकि उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए ।

बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर भोलि अन्त्येष्टि

यसैबिच मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आजै गृहनगर भैरहवा लगिने भएको छ । हेलिकप्टरबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिने भएको राप्रपाका  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यहाँ शुभेच्छुक र आफन्तले श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव फेरि आज नै काठमाडौँ ल्याइने उनको भनाइ छ ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार पार्टी कार्यालय धुम्बाराहीमा राखिनेछ । त्यसपछि शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *