विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

प्रतिनिधिसभामा प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका  थिए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]

Continue Reading

माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍योः मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताएका छन् । २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन ।  ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी […]

Continue Reading

चैतमा ५ किमि फन रन हुने

हायर ग्राउन्ड नेपालको आयोजनामा चैत दोस्रो साता ५ किलोमिटर फन रन हुने भएको छ । चैत ९ मा हुने खुला दौडसँगै ‘वाक’ को पनि आयोजना हुनेछ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलबाट सुरु हुने प्रतिस्पर्धामा दुई हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले मंगलबार दौडबारे पत्रकार सम्मेलन गर्दै दौडकै अवसरमा ह्विलचेयर रेस पनि आयोजना हुनेछ । यसमा […]

Continue Reading

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया- शान्तिको लागि सबैभन्दा ठूलो योगदान

युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएकोको बीबीले जनाएको छ।   उनले भनेका छन् – ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिनेछ ।’ पेस्कोभका अनुसार […]

Continue Reading

पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट वार्डमा सारियो

हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ। पटक पटक हृदयाघात बल्झिएकाले उनलाई चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । […]

Continue Reading

ललिता निवास प्रकरणको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाइ पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो । ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा […]

Continue Reading

सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिए। बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, […]

Continue Reading

अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाडौं आउँदै

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो। निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम […]

Continue Reading

सातवटै प्रदेशमा सवारी चालक अनुमतिपत्रको छपाइ हुने

आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ। मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र २०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचा बमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ […]

Continue Reading

क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे, यसरी खुल्यो राज

क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी हबल्दार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हबल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। […]

Continue Reading