एलपी ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता

नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन्।आज चार घण्टा लामो वार्तापछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्यमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको छ । यद्यपि ग्यासको बजार मूल्य भने यथावत रहने छ । […]

Continue Reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ। हिमालयले आगामि चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी […]

Continue Reading

केयुकेएलले भन्यो: थापाथलीमा मेलम्चीको पाइप फुट्नुमा पनि विद्युत् प्राधिकरणकै लापरबाही

काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। आज बिहान थापाथली चोकबाट प्रसूति गृहतर्फको सडक मुनि बिछ्याइएको पाइपलाइन क्षतिग्रस्त हुँदा पाँच लाख लिटर पानी खेर गएको थियो। प्रारम्भिक अध्ययनले विद्युत् लाइन भूमिगत गर्ने क्रममा सावधानी नअपनाइएको कारण पाइपमा क्षति पुगेको लिमिटेडको […]

Continue Reading

अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुँदै

अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​न​ हुन​ लागेको छ​ । डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ देखि जुन​ १ स​म्म​ अस्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोजना ग​र्न​ लागिएको हो। नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​वर्धन​ उद्देश्य​स​हित​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​णेश​ म​ल्ल​ले बताए । प​छिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​ अस्ट्रेलियामा राम्रो हुँदैगएको […]

Continue Reading

पूर्वी नेपालमा भेटियो नयाँ प्रजातिको चरा

नेपालको लागि नयाँ प्रजातिको चरा फेला परेको छ। पूर्वी नेपालको झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा क्षेत्रमा ‘पर्पल रम्प्ड सनबर्ड’ फेला परेको हो। समुद्र सतहतबाट १३३ मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको पर्पल रम्प्ड सनबर्ड चरा अभिलेख गरिएको नेपाल बर्ड रेकर्ड कमिटीका संयोजक डा. तुलसी सुवेदीले बताए । उनका अनुसार नेपालका चराविद् देवेन्द्रकुमार […]

Continue Reading

घोडाघोडीमा तीन सय ८२ प्रजातिका चरा

कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्।  रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ। घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने […]

Continue Reading

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भाेलि बुधबार बस्ने सङ्घीय संसद, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो […]

Continue Reading

आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके […]

Continue Reading

चूडामणि शर्मालगायतको मुद्दामा प्रमाण बुझ्ने आदेश

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालगायतको मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ। न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार उक्त मुद्दामा प्रमाण झिकाउने आदेश गरेको हो। लामो समययता ‘हेर्न नमिल्ने’ मा पर्दै आएको सो मुद्दालाई लगाउ (सम्बन्धित मुद्दा एकै ठाउँमा) मा राखिएको छ। यसअघि पनि […]

Continue Reading

राजसंस्था पुनः स्थापनाको मागसहित राप्रपाको र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था पुनः स्थापना र नेपाललाई सनातन हिन्दू अधिराज्य बनाउने लक्ष्य पूरा नगरेसम्म अभियान नरोकिने बताएका छन्। राप्रपाले नेपालगञ्जमा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने लक्ष्य […]

Continue Reading