आइएमई समूहकाे कागज उद्योग सन्चालनमा

वित्त र सेवा क्षेत्रमा स्थापित आइएमई समूहले उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । समूहले पहिलो पटक प्रयासमा कागज उद्योग सञ्चालनमा ल्याएर उत्पादनमूलक क्षेत्रमा आफूलाई प्रवेश गराएको हो । समूहले महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरको इटाटारमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा ल्याएको हो । करिब दुई अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगबाट पुस्तक तथा कपीका […]

Continue Reading

ग्यास विस्फोट : डराउनु पर्दैन टीकाथलीवासी

टीकाथलीमा भएको भूमिगत ग्यास विस्फोटको घटनापछि कथम्कदाचित् भूकम्प गएको अवस्थामा ग्यास फेरि विस्फोट हुने हो कि भन्ने त्रास स्थानीयवासीमा देखिएको छ तर त्यसरी डराउनु नपर्ने विज्ञहरूले बताएका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित गोदावरी खोला किनारमा पानीका लागि बोरिङ गर्ने क्रममा गत मङ्गलबार पानीसँगै ग्यास निस्की  आगो बलेको थियो । खानेपानी प्रयोजनका लागि खनेको बोरिङको पाइपबाट बाहिर […]

Continue Reading

पाँच वटा अध्यादेश राष्ट्रिय सभामा आज पेस हुँदै

राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले पाँच वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्दै छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय  हुन्छ ।  सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा अध्यादेश पेस गरेकोमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बाहेकका पाँच वटा अध्यादेश […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र बागलुङमा, कालिका भगवती मन्दिरमा पूजा–अर्चना

पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बागलुङ पुगेका छन् । त्यहाँ पुगेर उनले कालिका भगवती मन्दिरको पूजा–अर्चना गरेका छन् ।   पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।

Continue Reading

सिड्नीमा एन्टाको होली मेला

सिड्नी । अस्ट्रेलियाको ग्रानभिल पार्कमा ‘होली हंगामा’ कार्यक्रम आयोजना गरिने भएको छ । चैत्र २ (मार्च १५ शनिबार)मा आयोजना हुने होली मेलामा नेपाल तथा अस्ट्रेलियाका कलाकारहरूको प्रस्तुति रहने आयोजक एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)का महासचिव विकास झाले जानकारी दिए । उनका अनुसार, ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको मेलामा नेपाली खाना, गीत–संगीत र नाचगान रहनेछ । […]

Continue Reading

राजधानीका सडकमा नारा लगाउने दशौं हजार शिक्षकको तयारी

नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । आगामी फागुन २४ गते माइतीघर मण्डलामा महासंघले बृहत आन्दोलन गर्ने भएको हो । विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनका निम्ति सरकारलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ । महासंघका अनुसार आन्दोलनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट सात हजार पाँच सय शिक्षक सहभागी हुने बताइएको छ […]

Continue Reading

अमेरिकामा बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ, अदालतमा मुद्दा दर्ता

टेक्सस, अमेरिका — बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । एकलाई प्रहरीले पक्राउ गरेपछि अर्का एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् ।  मिनेसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययरत तामाङ र फुयाँलमाथि गत १ नोभेम्बर राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु […]

Continue Reading

अब पुराण वाचन गर्न अनुमतिपत्र लिनुपर्ने

पुराण वाचन, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ ।   प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि ६ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।  ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु […]

Continue Reading

राजधानीमा गुन्जियो ‘राजा आऊ देश बचाउ’ (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरेको छ।‘राजा आऊ देश बचाउ’ नारासहित बबरमहलस्थित बिजुलीबजार पुलमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरू माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल र्‍यालीमा सहभागी भए। बुधबार मध्याह्न आयोजित उक्त र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता […]

Continue Reading

पत्रकार महासंघले भन्यो: प्रधानमन्त्रीलाई प्रश्न सोधेकै कारण पास निलम्बन गर्नु प्रेस स्वतन्त्रता विपरीत

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संघीय संसद सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद प्रवेश पास निलम्बन गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले संसद सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पत्रकारको प्रवेश पास पुनर्बहाली गर्न आग्रह गरेको छ। गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि संसदबाट […]

Continue Reading