फ्लोरा एक्स्पो सुरु

स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा २६औँ पुष्प मेला(फ्लोरा एक्स्पो) सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)द्वारा आयोजित मेला उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशले कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम अघि बढाएको जानकारी गराउँदै पुष्प क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको […]

Continue Reading

मधेसका मुख्यमन्त्री बने यस वर्षको ‘महामूर्ख’

२०८१ सालकाे महामूर्खको उपाधि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको उपाधी मुख्यमन्त्री सिंहलाई प्रदान गरिएको हो । शुक्रबार जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो । […]

Continue Reading

आज विश्व उपभोक्ता अधिकार दिवस

‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको अधिकार’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस-२०८१ मनाइँदै छ । यो दिवस प्रत्येक वर्ष मनाइए पनि नेपालमा उपभोक्ताहरू अझै ठगी र शोषणको शिकार भइरहेका छन् । आजको डिजिटल युगमा जहाँ उपभोक्ताहरू अनलाइन र अफलाइन बजारमा अत्यधिक सक्रिय छन्, त्यहाँ ठगीका घटना पनि […]

Continue Reading

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी […]

Continue Reading

ग्वार्को ‘ओभरपास’ मा लापरबाही

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ को सातदोबाटोतर्फको पर्खाल भत्काइएको छ । सम्बन्धित निकायको आवश्यक सुपरिवेक्षण अभाव र ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्खाल भत्काउनु परेको हो । निर्माणमा त्रुटि हुँदा ग्वार्को चोकबाट सातदोबाटोतको दायाँतर्फ तेत्तिस मिटर र बायाँतर्फ चालिस मिटर पर्खाल भत्काइएको हो । गुणस्तरबारे चासो नदिएको सडक विभागको आँखा पर्खालमा चिरा परेपछि मात्र परेको […]

Continue Reading

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर […]

Continue Reading

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी

युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको  हङकङले दिएको १०५ रनको लक्ष्य  नेपालले १९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन उनले ४३ बलको सामना गर्दा चार चौका हिर्काइन […]

Continue Reading

हेटौंडामा भेटिएको शंकास्पद प्रेसर कुकरमा भेटिएन विस्फोटक पदार्थ

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडक किनारमा भेटिएको शंकास्पद प्रेसर कुकर नेपाली सेनाले निष्क्रिय पारेको छ। बिहीबार साँझ करिब सवा नाैबजे  नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको हो। सेनाले प्रेसर कुकरमा कुनै पनि विस्फोटक पदार्थ नरहेको निष्कर्ष निकालेको छ। यसअघि, स्थानीयले सडक किनारमा बेवारिसे अवस्थामा रहेको प्रेसर कुकर देखेपछि […]

Continue Reading

रुस-युक्रेनबीच युद्धविराम प्रयास : अमेरिकी वार्ताकारहरू रुस जाँदै

अमेरिकी वार्ताकारहरू रुसतर्फ जाँदै गरेको क्रेमलिनले बिहीबार बताएको छ । वासिङ्टनले भने युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न चाहँदैछ । यस हप्ताको सुरुमा साउदी अरबमा भएको वार्तापछि किएभ अमेरिकी प्रस्तावमा सहमत भएको छ। तर, मस्कोले अमेरिकी पक्षलाई यो स्वीकार्य छ कि छैन भनेर सङ्केत गर्नुअघि विवरण प्रस्तुत गर्न आग्रह गरेको छ । “वार्ताकारहरू उडान […]

Continue Reading

‘भिजिबिलिटी’ कम हुँदा एक सातादेखि उडान प्रभावित

एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच […]

Continue Reading