रुस युद्धविरामको पक्षमा छ : राष्ट्रपति पुटिन

रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्  । पुटिनले भ्रमणमा रहेका बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन  । शत्रुता रोक्ने प्रस्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिका लागि नेतृत्व गर्ने र यस सङ्कटको मूल कारणलाई हटाउने गरी हुनुपर्ने बताउदै पुटिनले […]

Continue Reading

‘विश्वको सबैभन्दा खतरनाक आतंककारी’ मारिएको दाबी

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका छन्। इराकी राष्ट्रिय गुप्तचर सेवाले अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा यो अपरेसन गरेको थियो। सुदानीका अनुसार अब्दुल्लाह मक्की मुसलिह अल-रिफालाई इराक र विश्वको सबैभन्दा खतरनाक आतंककारीहरू मध्ये एक मानिन्थ्यो। उनलाई अबु खादिजा पनि भनिन्छ।   […]

Continue Reading

प्रचण्डले देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ: धवलशमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो […]

Continue Reading

राजसंस्था फर्काउन संसद् छाडेर सडकमा आउन तयार छौं : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र स्थापनापछि राप्रपाले मात्र राजसंस्थाको मुद्दा बचाएर राखेको दाबी गरेका छन् । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुन:स्थापनाको आन्दोलनको नेतृत्व आफूले गरेको र राप्रपाले ढोक्सा थाप्न खोजेको आरोप लगाएपछि अध्यक्ष लिङदेनले उक्त कुरा बताएका हुन् । राजा फर्काउने आन्दोलनको नेतृत्व जुन दल र समूहले गरेपनि आफूलाई खुशी लाग्ने […]

Continue Reading

झापाबाट चार वर्षमा वैदेशिक रोजगारीमा गएका १६६ जनाको मृत्यु,५४ को अङ्गभङ्ग

पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ। वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ। सामीका जिल्ला संयोजक शेखर […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा […]

Continue Reading

महोत्तरीका सात स्थानीय तहमा आज होली

यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदै छ। फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदै छ। यहाँका सात स्थानीय तहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ। मधेशमा होली पर्व मनाउने तीन परम्परा छन्। पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन्। त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन […]

Continue Reading

आज काठमाडौँका विभिन्न स्थानमा बिहान ११ देखि ४ बजेसम्म बिजुली कटौती हुने

नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ देखि ४ बजेसम्म बिजुली कटौती हुनेछ। ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ […]

Continue Reading

सरकार तानाशाही भएको एनओसीको आरोप

सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीहरुलाई विदेश जानबाट रोक्न गरेको निन्दनीय कार्यलाई तानाशाही ब्यवहार भनेर आरोप लगाएको छ । एनओसीले  पत्रकार सम्मेलन गर्दै एनओसीका पदाधिकारीलाई विदेश जान रोक्न भनि सरकारले गरेको पत्राचारप्रति खेद प्रकट गरेको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले आम नागरिकको संवैधानिक र मानव अधिकारलाई कुण्ठित पार्ने कार्य गरेको भन्दै सरकारले लोकतन्त्रमा […]

Continue Reading

युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच ‘ड्रोन वार’

युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच ‘ड्रोन वार’ जारी छ। युक्रेनले गएराति रुसले प्रहार गरेको १६ वटा ड्रोनलाई विफल बनाइदिएको बताएको छ। रुसले प्रहार गरेको २७ मध्ये १६ वटा ड्रोनलाई विफल बनाएको युक्रेन एयर फोर्सले जानकारी दिएको छ। ‘रूसले रातारात २७ वटा ड्रोन प्रहार गरेको थियो। जसमध्ये हाम्रो हवाई रक्षा प्रणालीले १६ वटालाई विफल पारेको छ,’ […]

Continue Reading