हिमाली र पहाडी जिल्लामा मनाइयो होली ,अनुशासित बन्दै हाेलीपर्व

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ। आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन्। फागुन शुक्ल अष्टमीका […]

Continue Reading

विश्व पारा एथलेटिक्समा प्रभालाई रजत

नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको टिम प्रशिक्षक विमला राना मगरले जनाएकी छन् । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो । लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकामा ४ सय […]

Continue Reading

काठमाण्डौको आकाशमा दुर्घटनाबाट जोगियो अर्को जहाज

युएईको सारजाहबाट आएको एयर अरेबियाको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगिएको छ ।दिउँसो १ बजेर ५ मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि ‘मिस एप्रोच’ गरेको विमान दुर्घटनाबाट उम्किएको हो । बेलैमा ‘ओभरसुट’ गरेका कारण अप्रिय स्थिति आउन पाएन । विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका […]

Continue Reading

काठमाडाैँमा असिना पानी : बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरुमा वर्षा भइरहेको  छ । मौसमविद् मानन्धरले भनिन , “बागमती र गण्डकी प्रदेशमा अलि धेरै […]

Continue Reading

वसन्तपुरमा होलीको रौनक

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठुलो उत्सव भएकाे थियाे। यहाँ स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै रमाइरहेका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गियाे । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले […]

Continue Reading

‘ख्यालठट्टा’को होली विशेष

नेपाली हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ले होली विशेष भाग ३८ सार्वजनिक गरेको छ । हरेक महत्वपूर्ण चाडपर्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएको ‘ख्यालठट्टा’ ले यसपालि होली पर्वलाई केन्द्रमा राखेर हाँस्यप्रधान विशेष एपिसोड दर्शकमाझ ल्याएको छ । रियलका लेखक, निर्देशक सुरज खनालका अनुसार होली पर्व केवल रंग र उमंगको मात्रै होइन, यसले समाजमा सकारात्मक ऊर्जा फैलाउने अवसर पनि […]

Continue Reading

चारदेशीय टी-२० आई सिरिज

युगाण्डामा जारी चारदेशीय टी-२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । युगाण्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको हो । १२६ रनको लक्ष्य पछ्याएको नेपाल पाँच विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो […]

Continue Reading

अमेरिकी अनुदानका ४५ अर्ब ४३ करोडका ३४ कार्यक्रम रद्द

नेपालमा अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम खारेज भएका छन् । यससँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत नेपालमा सञ्चालित ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर (४५ अर्ब ४३ करोड रुपैयाँ) का यी कार्यक्रम खारेज भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन् । अमेरिकी स्वार्थविपरीत दसौं अर्ब डलर खर्च हुने गरेकाले कार्यक्रम रद्द […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । हिजोको तुलनामा […]

Continue Reading

रास्वपा र कांग्रेसबीच चर्काचर्की परेको जग्गा प्रकरण

बुधबार संघीय संसद् प्रतिनिधिसभाको शून्य समयमा रास्वपा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले एउटै विषय उठाए । सुरुमा शिशिर खनालले हालको तारकेश्वर–९ साविक मनमैजु नगरपालिकाको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भन्ने अरोप लागेको बताए । खनालले भने, “..नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा […]

Continue Reading