बेपत्ता रोशनीकाे खाेजि गरिदिन परिवारकाे आग्नह

राजविराज । भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात अयोध्या स्थित रामन्दिर दर्शन गर्न परिवार सहित पुगेकी सप्तरीकी एक युवती वेपत्ता भएको बुधवार २६ दिन पुगेको छ । तर अहिले सम्म पत्तो छैन । सप्तरीको राजविराज नगरपालिका ७ हटिया की २० वर्षिया रोशनी कुमारी साह यसरी वेपत्ता भएकी हुन । रोशनी मधेश […]

Continue Reading

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ। ‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ […]

Continue Reading

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई बुधबार मध्यान्ह  कोठामै थुनेर आगो लगाए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गर्‍यो । प्रहरीले आगजनी गर्ने चार जना विद्यार्थी नेतालाई […]

Continue Reading

आज देशभर मौसम गडबडी, तीन प्रदेशमा पानी पर्ने

अपराह्नपछि आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । ‘बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी […]

Continue Reading

उपत्यका र पहाडी क्षेत्रमा रङहरूको पर्व होली आज मनाइँदै

रङहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी […]

Continue Reading

चैत १ देखि काठमाडौंमा अनलाइनबाटै नागरिकता सिफारिस हुने

काठमाडौं महानगरपालिकाले चैत १ देखि नागरिकता सिफारिस अनलाइन प्रणालीमा आबद्ध गर्ने  भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुधबार सूचना प्रविधि विभागले वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको प्रयोगात्मक अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम गरेर युजर नेम र पासवर्ड प्रदान गरेको छ । सेवालाई सूचना प्रविधिमा आधारित स्वचालित बनाउन सुशासन […]

Continue Reading

युक्रेन रुसमाथि ‘गम्भीर’ आक्रमण गर्न सक्षम छ : युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्को

साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच वार्ता जारी छ। यसैबीच युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्कोले मस्कोमा रातारात गरिएको आक्रमणले युक्रेन रुसमाथि ठूलो र गम्भीर आक्रमण गर्न सक्षम रहेको प्रमाणित गरेको बताएका छन्।  गोन्चारेन्कोले भने, ‘यो स्पष्ट सन्देश हो कि हामीसँग पनि केही शक्ति छ।’ उनले डोनाल्ड ट्रम्पको हालैको भनाइ ‘जसमा ट्रम्पले शान्ति वार्तामा रुसको बढी शक्ति […]

Continue Reading

अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ जारी […]

Continue Reading

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद: विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शिघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति […]

Continue Reading

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल दूतावासको सम्पर्कमा

लण्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन् । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेकाे  लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिएका छन् । दुवाडीले भने , “इस्ट लण्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उनि  सम्पर्कमा […]

Continue Reading