सर्वोच्चले भन्यो- ‘पाथीभरा केबलकारको काम यथास्थितिमा राख्नू’

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।

यामबहादुर लिम्बूलगायतले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध दायर गरेको रिटमा शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

छलफलका लागि दुवै पक्षलाई आगामी २६ गते बोलाइएको छ । ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएको,’ आदेशमा भनिएको छ ।

पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आदिवासी, जनजाति लगायत आन्दोलनमा छन् । केबलकार निर्माणले आफ्नो सांस्कृतिक आस्थामाथि अतिक्रमण हुने उनीहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *