फ्लोरा एक्स्पो सुरु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा २६औँ पुष्प मेला(फ्लोरा एक्स्पो) सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)द्वारा आयोजित मेला उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशले कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम अघि बढाएको जानकारी गराउँदै पुष्प क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए  ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले विभिन्न समस्या रहेका कारण कृषक आवश्यक सहयोगबाट वञ्चित भइरहेको भन्दै तीनवटै तहका सरकारबीच समन्वयको आवश्यकता मा जाेड दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले संघीय संरचनामा गएपछि पुष्प व्यवसायमा कमी आएको भन्दै वर्तमान अवस्थामा पुष्प नीतिमा सुधारको आवश्यकता औंल्याए  । फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले संघीयतापछि अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरिए पनि स्थानीय तहले पुष्प व्यवसायलाई खासै महत्व नदिएको गुनासो गर्दै  फूल उत्पादन गाउँकेन्द्रित र खपत शहरकेन्द्रित हुनुपर्ने भए पनि संघीयतापछिको व्यवस्थापन प्रभावकारी नहुँदा व्यवसायमा सुधार आउन नसकेको बताए ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विगतदेखि उपेक्षित रहँदै आएका किसान र कृषि क्षेत्र माथि उठाउन नीतिगत सुधारका साथै सोचमा परिवर्तन  हुनुपर्ने बताए  ।  मेला संयोजक रामबहादुर तामाङका अनुसार चैत ४ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न जातका फूल तथा पुष्पजन्य सामग्री र प्रविधि गरी ८२ स्टल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *