आइएमई समूहकाे कागज उद्योग सन्चालनमा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

वित्त र सेवा क्षेत्रमा स्थापित आइएमई समूहले उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । समूहले पहिलो पटक प्रयासमा कागज उद्योग सञ्चालनमा ल्याएर उत्पादनमूलक क्षेत्रमा आफूलाई प्रवेश गराएको हो । समूहले महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरको इटाटारमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा ल्याएको हो । करिब दुई अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगबाट पुस्तक तथा कपीका लागि आवश्यक कागज उत्पादन हुने उद्योगका सञ्चालकसमेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए  ।

नेपालमा खपत हुने कागजबापत बर्सेनि अर्बौं रुपियाँ बाहिरिएकाले त्यसलाई प्रतिस्थापन गरी स्वदेशी वस्तुको उपयोग बढाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको उनकाे भनाइ छ ।  “कागजको आयात प्रतिस्थापन गर्ने र नेपालमै लगानीको अवसर सुनिश्चित गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएका हौँ,” उनले भने ।

उद्योगमा दैनिक ७५ टनसम्म कागज उत्पादन गर्न सक्ने जडित क्षमता छ । माग बढेको अवस्थामा उत्पादन क्षमता पनि बढाउन सक्ने गरी तयारी अवस्थामा रहेको ढकालले जानकारी दिदै भने  “आवश्यकता र मागका आधारमा उत्पादन क्षमता बढाउन सक्ने अवस्था छ,भविष्यमा निर्यात पनि गर्न सक्ने गरी तयारी अवस्थामा छौँ ।”

१९ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब दुई सय जनाले रोजगारी पाएका छन् । स्थानीयलाई प्राथमिकता दिएर रोजगारी उपलब्ध गराइएको ढकालले जानकारी दिए  । आधुनिक प्रविधियुक्त औद्योगिक उपकरणमार्फत उत्पादन हुने भएकाले कागज गुणस्तरीय हुने र आयातित कागजसँग सहजै प्रतिस्पर्धा गर्न सक्ने उनको दाबी छ । “नेपालमै उत्पादन हुँदा मूल्य पनि सर्वसुलभ नै हुन्छ,” ।

अहिले नेपालमा बार्षिक करिब एक लाख २५ हजार टन कागज खपत हुने गर्छ । जसमध्ये अधिकांश हिस्सा आयातित कागजको छ । उद्योगबाट उत्पादित कागजले ३० प्रतिशतभन्दा कागजको आयात प्रतिस्थापन गर्ने विश्वास गरिएको छ । यसै ग्रुपले पाथिभरामा पनि केबुलकार संचालनका लागी निर्माण गरिरहेकाे मा हाल बिवादका कारण निर्माण प्रकृया राेकिएकाे छ ।

‘नो केबलकार’ अभियानको माइतीघरमा प्रदर्शन

पाथीभरा (मुक्कुलुङ) क्षेत्रमा जारी ‘नो केबलकार’ का अभियानकर्ताले बुधबार माइतीघरमा बृहत् प्रदर्शनी गरेका छन्। मुक्कुलुङ अभियान्तकर्ता आलोक माबुहाङ लिम्बुले शान्तिपूर्ण आन्दोलनका क्रममा गत फागुन १० गते मध्यरातमा सुरक्षाकर्मीले गरेको दमनविरुद्ध प्रदर्शन गरेको बताए ।

उनले भने , “शान्तिपूर्ण आन्दोलन गर्दा फुङ्लिङमा फागुन १० गते मध्यरातमा सुरक्षाकर्मीले मानवताविरुद्ध अपराध गरेको हाम्रो निष्कर्ष हो। त्यसको विरुद्धमा आजको सभा हो।” उनले विरोध स्वरुपको सभा पूर्वका १४ जिल्लामा भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *