युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ । मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा  प्रष्ट हुन सकेकाे छैन् । ट्रम्प प्रशासनले […]

Continue Reading

कालीगण्डकी नदी तटमा चित्रैचित्र भरिएको मालढुङ्गा

नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रैचित्रले भरिएको मालढुङ्गा नामक शिला गमक्क परेर बसेको झैँ देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुङ्गा क्षेत्रमा रहेको यस शिलाभरी विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुँदिएका छन् । धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरो र पहेलो रङ्ग जस्तो देखिने शीला मालढुङ्गा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडानं.–१ मा […]

Continue Reading

ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात

बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि गए साँझदेखि वर्षासँगै  हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए  । हिमपातका कारण […]

Continue Reading

विदेशीको बुइ चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा लिङदेनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिइरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताए ।  पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए । […]

Continue Reading

पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य

आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तानले भारतलाई २४२ रनको सामान्य लक्ष्य दिएको छ।युएईको दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान अन्तिम दुई बल खेल्न बाँकी छदा २४१ रनमा अलआउट भयो। पाकिस्तानका लागि साउद शकीलले ६२ रन बनाए। कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा खुसदिल शाहले ३८ रनको योगदान दिए।पाकिस्तानका अरू ब्याटर खासै चल्न सकेनन्। बलिङमा भारतका […]

Continue Reading

कोशी प्रदेशमा फागुन १३ देखी १८ सम्म खेल महोत्सव हुँदै

कोशी प्रदेशमा खेलकुद महोत्सव, २०८१ हुँदैछ। प्रदेश खेलकुद विकास बोर्डले गर्ने ‘प्रथम कोशी खेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन्। बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकासका […]

Continue Reading

रूसको कब्जामा ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्वपूर्ण स्रोत

रूसले कब्जा गरेका क्षेत्रहरूमा करिब ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन्। यस्तो बेला वासिङटनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ। किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको […]

Continue Reading

नेपालसँग बराबरी खेल्दै म्यानमार लिग विजेता

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २-२ बराबरीमा नै सकिएको छ। यो बराबरीसँगै म्यानमार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्। खेलको छैटौं मिनेटमा म्याट नोई खिनको फ्रि किक गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले सेकन्डबार च्यापेर प्रहार […]

Continue Reading

कोशीमा दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान

कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान सञ्चालनमा ल्याइएको छ। अभियानमार्फत सवारी चालकलाई जिम्मेवार बनाएर दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर बसपार्कमा अभियानको उद्घाटन गरिएको हो। नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन […]

Continue Reading

बीपी राजमार्गको सुरु नै भएन पुनर्निर्माण

बाढी र पहिरोले ध्वस्त भएको बीपी राजमार्गको (बनेपा–सिन्धुली–बर्दिबास) खण्डको  पुनर्निर्माण अझै सुरु भएको छैन। असोज ११ र १२ गते रोशी खोला र सुनकोशी नदीमा आएको बाढी र पहिरोले ध्वस्त बनाएको पाँच महिना पुग्दा समेत राजमार्गको खुर्कोट–धुलिखेल खण्ड पुनर्निर्माण सुरु हुन नसकेको हो। राजमार्गको पुनर्निर्माणका लागि बजेटको सुनिश्चितता नहुँदा ढिलाइ भएको बताइएको छ। सो सडक पुनर्निर्माणका लागि […]

Continue Reading