वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त

इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्  । इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन् । एन्टोनियो […]

Continue Reading

व्याकरणका विद्व चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन

नेपाली र अङ्ग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उनि मिर्गौला रोगबाट पीडित थिए । विसं २००० साल असोज १ गते तेह्रथुममा जन्मीएका गौतम ग्रामर गुरुका रूपमा परिचित थिए ।  नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाली व्याकरण तथा रचना, […]

Continue Reading

कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मालाई […]

Continue Reading

एसियाली राजमार्ग निर्माण तीव्र

एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको छ ।दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन यस राजमार्गको ठेक्का सम्झौता भई काम सुरु भएको एक वर्षमा भौतिक […]

Continue Reading

बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो […]

Continue Reading

प्रचण्डलाई दुर्गा प्रसाईंको व्यङ्ग्य ‘चरेसको थालले पुगेन, केराको पातले के पुग्ला ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी पदाधिकारीहरुले झापामा स्थानीय संस्कृतिअनुसार केराको पातमा खाना खाएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चर्को व्यङ्ग्य गरेका छन् । शहीद सुनिल राजवंशीको घरमा राजंवशी समुदायको परिकार खाएको फोटो र समाचार बाहिरिएपछि प्रसाईंले सामाजिक सञ्जाल रंगाएका हुन् । माओवादीले आजदेखि शुरु गरेको पूर्वपश्चिम जागरण अभियानको थालनी झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी […]

Continue Reading

झिनो अंकले बढेको बजारमा ११ अर्बको सेयर खरिद–बिक्री

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ । आज ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ […]

Continue Reading

एक्स्ट्राटेक क्रिकेट मैदानमा जडान भए ५ वटा फ्लडलाइट, अब राति पनि प्रतियोगिता गर्न सकिने

अस्ट्रेलियामा आइटी व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँवर र उनकी पत्नी सुदिक्षाले निर्माण गरिरहेका एक्स्ट्राटेक क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्ने काम पूरा भएको छ।कुँवर दम्पतीले रूपन्देहीको तिलोत्तमा- १७ पूर्व दरखसवामा पाँच विगाह क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिरहेका छन्। अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक कुँवरले मैदानमा पाँचवटै फ्लडलाइट जडान […]

Continue Reading

‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले

ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा बस्न भनेका हुन् । भट्टराईले सोमबार विज्ञप्ति जारी […]

Continue Reading

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री बद्री पाण्डे, राज्यमन्त्री अरुण चौधरीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका […]

Continue Reading