ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केवलकारको पक्षमा वकालत गर्दै हिँडेका एक व्यक्ति धरानमा कुटिएका छन् ।
मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका कार्यकर्ताले आज धरान-९ स्थित पुतली लाइनमा ताप्लेजुङ घर भएका पदम चेन्जि माबोलाई कालोमोसो दली कुटेका हुन् । माबोमाथि केवलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र विरोधमा बोल्नेहरूलाई गाली गलौज गरेको आरोप छ ।
नागरिक उन्मुक्तिपार्टीका केन्द्रीय नेता अमरइजम र संघर्ष समितिका नेता जेन्टल लावतिसमेतको उपस्थितिमा कुटपिट भएको बताइएको छ । हाल माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ भने घटनमा संग्लग्नमाथि कडा कारबाहीको माग भैरहेको छ ।