नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस पुलवाट अन्दाजी १५/२० मिटर तल खोल्सामा खसेको थियो । चितवन प्रहरीको टोलीले उद्वार गरेर घाइतेहरुलाई अस्पताल पठाएको छ । प्रहरीका अनुसार गाडीमा रहेका २९ जनामध्ये २४ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । घाइतेहरू काे परिचय खुलिसकेकाे छैन ।