पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले भाेलि बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ।

बुधबार लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नुभएको छ। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *