भारतमा ‘पशुपति दर्शन अभियान’ शुरू

नेपाल र भारतबिच प्राचीनकालदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई नवीन ऊर्जा र पुनर्जागृत गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले धार्मिक तथा आर्थिक विकासको आधार तयार गर्न जनस्तरमै पुगेर धार्मिक पर्यटन प्रवर्धनमार्फत आर्थिक उन्नतिको प्रयास थालनी गरेकाे छ  । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार पशुपतिनाथ मन्दिरमा आउने भारतका दर्शनार्थीलाई […]

Continue Reading

च्याम्पियन्स लिग : आर्सनलको प्ले अफ सम्भावना बलियाे

युरोपेली च्याम्पियन्स लिगमा डाइनामो जाग्रेवमाथि ३–० को जित निकाल्दै आर्सनल दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग पक्का भएको छ। अहिले १६ अङ्कसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ। लिभरपुल र बार्सिलोना भने दोस्रो […]

Continue Reading

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए  । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी […]

Continue Reading

अस्ट्रेलियाका म्याट रोस नेपाली पुरुष फुटबल टिमको प्रशिक्षक बन्दै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोसलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । यसअघिका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णयमा एन्फा पुगेपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन बनेको थियो । एनेस सन् २०७९ को फागुनमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनले यसै […]

Continue Reading

आफूमाथि गोली प्रहार हुँदा जोगाएका अंगरक्षकलाई ट्रम्पले बनाए सिक्रेट सर्भिस प्रमुख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहार हुँदा खटिएका सिक्रेट सर्भिस टोलीको प्रमुखलाई राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति लगायत अरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सो संस्थाको प्रमुख बनाएका छन्। रिपब्लिकन पार्टीबाट निर्वाचन लडेका ट्रम्पको चुनावी अभियानताका आफ्नो सुरक्षाका लागि खटिएका सिक्रेट सर्भिसको टोलीको नेतृत्व गर्ने सन करनलाई राष्ट्रपतिको कार्यभार सम्हालेपछि संस्थाको प्रमुख बनाएका हुन्। ट्रम्पमाथि पेन्सिलभेनियाको बट्लरमा गत जुलाईमा […]

Continue Reading

गभर्नर भन्छन्- बैंकमा समस्या छैन, अफवाह नफैलाऔँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा समस्या नरहेको बताएका छन्। आज राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभाको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गर्दै उनले भने, ‘सधैँ उस्तै भन्ने हुँदैन। कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ। तर, […]

Continue Reading

नेप्से परिसुचक दोहोरो अंकमा गिरावट

आज सेयर कारोबार  नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ । बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ […]

Continue Reading

सडकमा गुडिरहेका २९२ वटा सवारीसाधन चेकजाँच गर्दा १७४ वटाको प्रदूषण मापदण्ड फेल

काठमाडौं महानगरपालिकाले २९२ वटा सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा १७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधनको प्रदूषण फेल भएको छ। यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारीसाधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल भएका छन्। सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले चेकजाँच गरिरहेको छ। यस क्रममा फेल भएका सवारीसाधनहरूलाई […]

Continue Reading

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न बोलपत्र आह्वान

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १ स्थित सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गरेको छ । बन्दरगाह निर्माणस्थलमा भएका रुख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबिच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेको हो । बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ […]

Continue Reading

थानकोटदेखि धुलिखेलसम्म बससेवा सञ्चालनमा

महानगर यातायात प्रालिले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बससेवा सञ्चालनमा ल्याएको छ । ४० वटा सार्वजनिक बस सेवाले विशेषगरी पर्यटकीय स्थल चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ । आजदेखि शुभारम्भ गरिएको सो बससेवा हालका लागि चन्द्रागिरि–गोदाम–चेकपोस्ट–गुर्जुधारा–सतुगंल–कलंकी–बल्खु–कोटेश्वर–भक्तपुर–बनेपा–धुलिखेलसम्म सञ्चालनमा आउनेछन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को […]

Continue Reading