च्याम्पियन्स लिग : आर्सनलको प्ले अफ सम्भावना बलियाे

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

युरोपेली च्याम्पियन्स लिगमा डाइनामो जाग्रेवमाथि ३–० को जित निकाल्दै आर्सनल दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग पक्का भएको छ।

अहिले १६ अङ्कसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ। लिभरपुल र बार्सिलोना भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

घरेलु इमिरेट्स रङ्गशालामा भएको खेलमा दोस्रो मिनेटमा नै डेकलान राइसको गोलमा आर्सनलले अग्रता लिएको थियो। गाब्रियल मार्टिनेलीको क्रसलाई काइ हार्भाटेजले राइसलाई गोलका लागि अवसर मिलाएका थिए।

खेलको ६६ औँ मिनेटमा हार्भाटेजले अर्को गोल गरे। माइकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले पाँच सय औँ गोल गरेको हो। मार्टिन ओडेडाडले तेस्रो गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *