सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ  । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको […]

Continue Reading

आजदेखि त्रिकोणात्मक टी–२० : उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

आजदेखि सुरु हुने त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले उद्‌घाटन खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ। खेल अपराह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्। यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० […]

Continue Reading

आजको मौसम

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा […]

Continue Reading

अमेरिका छोड्नुपर्ने नेपालीको संख्या १,३६५

अमेरिकामा ट्रम्प प्रशासनले कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गर्ने अभियान तीव्र पार्न निर्देशन दिएको छ। जसअनुसार इमिग्रेसन एन्ड कष्टुम इन्फोर्समेन्ट (आइस) लाई दैनिक १ हजार ५ सयसम्म पक्राउ गरी निर्वासन अभियान तीव्र पार्न निर्देशन दिइएको हो। अमेरिकाको अदालतबाट देश निकालाको आदेश पाएका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई आइसले पक्राउ अभियान सुुरु गरेको हो। जसअनुसार […]

Continue Reading

‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद

सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । निर्देशिकाका आधारमा नियमन भइरहेका सामाजिक सञ्जाललाई विधायिका निर्मित कानुनले नियमन गर्ने गरी सरकारले विधेयक प्रस्ताव गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङका तर्फबाट विधेयक राष्ट्रिय सभामा दर्ता […]

Continue Reading

सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति

सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट […]

Continue Reading

भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन्। ‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ। उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले […]

Continue Reading

फुर्के र खोयाहाँस नेपाल भ्रमणमा

जलपन्छी फुर्केहाँस नेपाल भ्रमणमा आइपुगेको छ । हिउँदे याममा बसाइँ सरेर आउने फुर्केहाँस जस्तै आगन्तुक चरा यतिबेला नेपालका विभिन्न भूगोलमा रमाई रमाई यात्रा गरिरहेका छन् । छिमेकी मुलुक चीन र मङ्गोलियाबाट उच्च हिमाल नाघ्दै नेपाल आइपुगेको फुर्केहाँस हेरिरहुँ परेको लोभलाग्दो चरा हो । कपिलवस्तुको जगदीशपुर तालमा चार वटाको सङ्ख्यामा यो चरा देखिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । […]

Continue Reading

समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग

 राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि प्रस्ताव माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने त्यस्ता आयोजनाका लागि सबै प्रदेश र स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको हो । हालै मात्र कार्यान्वयनमा ल्याइएको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ र […]

Continue Reading