भीरमा फसेका जर्मन नागरिकको उद्धार

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए  ।

सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड हिड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो ।

फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्थानीयहरु समेतको सहयोगमा विदेशी नागरिकलाई उद्वार गरेको हो । निज विदेशी नागरिक सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *