चीन पुग्यो दैलेखको पेट्रोलियम पदार्थ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दैलेखको जमिनमुनिबाट निकालिएको पेट्रोलियम पदार्थ परीक्षणका लागि चीन लगिएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ कार्य सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोलीले प्राप्त नमूना परीक्षणका लागि चीन लगेको हो ।

लेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य गत वैशाखदेखि जारी छ । चार हजार १३ मीटर गहिरोमा प्राप्त पेट्रोलियम पदार्थको परीक्षण गर्न लागिएको बुझिएको छ ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट ३५ जना प्राविधिकको टोली आएको थियो । चीनमा नमूना परीक्षण पूरा हुन तीन महिना लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *